नेपालको सार्वभौम मूल्यांकनको गृहकार्य सुरु

अर्थमन्त्री पौडेलले अर्थतन्त्र, नीति तथा कानुनी सुधार र राजनीतिक स्थायित्वका उपलब्धिहरूलाई प्राथमिकता दिने तयारी गर्न निर्देशन दिए।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

Homework for Nepal's sovereign assessment begins

काठमाडौँ — नेपालले यो वर्षको 'सोभरेन क्रेडिट रेटिङ'को गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरुलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिए । बैठकमा अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र र सुशासनका क्षेत्रमा भएका सुधारका साथै राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत् लगायतमा हासिल भएका उपलब्धिहरुलाई प्राथमिकता दिनेबारे छलफल भएको छ ।

Homework for Nepal's sovereign assessment beginsबैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, सदस्य  प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत उपस्थित थिए ।

बैठकमा अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले क्रेडिट रेटिङसम्बन्धी अहिलेसम्म गरिएका तयारी प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ । सोभरेन क्रेडिट रेटिङका लागि अवस्था बुझ्न फिचको टोली नेपाल आउने कार्यक्रम छ । गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले ‘बीबी माइनस’ पाएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully