भारतमा थप ८० मेगावाट बिजुली बिक्री गर्न स्वीकृति

४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न स्वीकृत पाएको हो। 

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Approval to sell an additional 80 MW of electricity in India

काठमाडौँ — भारतले थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ। ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न स्वीकृत पाएको हो । 

वर्षायाममा नेपालले बिजुली बिक्री गर्दै आएको छ भने सुख्खायाममा भारतसँगै किन्दै आएको छ । भारतसँगै नेपालले बगलादेशलाई समेत ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ । 

पछिल्लो पटक भारतले  २०० मेगावाट बिजुली निर्यातका लागि स्वीकृति दिएको थियो । नेपाल र भारतबीचको द्विपक्षीय  सम्झौताअन्तर्गत मध्यम अवधिका लागि बिजुली निर्यात गर्न पाउने भएको छ । आगामी ३१ अक्टोबर २०२६ सम्मको बिजुली निर्यात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully