सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बुधबार सुनको मूल्यमा वृद्धि देखिएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ, अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस ३३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

General increase in the price of gold and silver

काठमाडौँ — स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यति नै परिमाणको चाँदी दुई हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

बुधबार एक तोला सुन एक लाख ९३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार २५५ रुपैयाँमा क्रयविक्रय भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully