औद्योगिक कर्जा कुन प्रदेशमा कति ?

राष्ट्रिय प्रतिवेदनले ७०.१ प्रतिशत कर्जा बागमतीमा प्रवाहित भएको देखाएको छ।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

How much is the industrial loan in which province?

What you should know

काठमाडौँ — गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको औद्योगिक कर्जा ९.४ प्रतिशतले बढेको छ । यससँगै असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कुल कर्जा १५ खर्ब १८ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.८ प्रतिशतले बढेको थियो ।

औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १० खर्ब ६३ अर्ब ९४ करोड कर्जा लगानीमा रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ४ अर्ब ११ करोड कर्जा लगानीमा प्रतिवेदनले देखाएको छ । 

How much is the industrial loan in which province?

औद्योगिक कर्जामा कोशी प्रदेशमा प्रवाहित कर्जाको हिस्सा ९.२, मधेश प्रदेशको ८, बागमती प्रदेशको ७०.१, गण्डकी प्रदेशको २, लुम्बिनी प्रदेशको ८.७, कर्णाली प्रदेशको ०.३ र सुदूरपश्चिम प्रदेशको १.७ प्रतिशत छ ।

How much is the industrial loan in which province?

कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २९.४ प्रतिशत रहेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले देखाएको छ । औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा ०.८०, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २०.५३, गैर– खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३८.०३, निर्माणसम्बन्धी उद्योगमा ११.८१, विद्युत ग्यास तथा पानीसम्बन्धी उद्योगमा २४.२५ र धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ४.५९ प्रतिशत कर्जा प्रवाह भएको छ ।

औद्योगिक कर्जा विस्तार भएको देखिएपनि नवीनतम उद्योगको स्थापना तथा सञ्चालनको लागतमा कमी ल्याउनु, सञ्चालनमा रहेका औद्योगिक क्षेत्र/कोरिडोर एवं विशेष आर्थिक क्षेत्रहरुको प्रभावकारी व्यवस्थापन तथा विस्तार यो क्षेत्रका चुनौति हुन ।

जसअनुसार स्वदेशी औद्योगिक कच्चा पदार्थको उत्पादन तथा खपत वृद्धि गर्नु, उद्योग सञ्चालनका लागि आवश्यक उर्जा तथा स्थानको व्यवस्थापन गर्नु, औद्योगिक आपूर्ति शृंखला प्रभावकारी बनाउनुजस्ता चुनौतीहरु उद्योग क्षेत्रमा रहेको जानकारहरु बताउँछन् । 

कान्तिपुर संवाददाता

Link copied successfully