सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ वटाले भदौमा एक वर्ष व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । एउटाले सीमान्त दरमा बढाएको छ भने ११ वटाले स्थिर राखेका छन् ।
What you should know
काठमाडौँ — कुन बैकंमा पैसा राख्दा कति ब्याज आउँछ भन्ने जिज्ञासा आम जिज्ञासा हो । यसका लागि बैंकहरुले प्रकाशित गरेको पछिल्लो साधारण र मुद्दती निक्षेपमा दिने ब्याजदर थाह पाउँनुपर्छ ।
साधारण र मुद्दती दुवै प्रकारका बचतमा बैकंहरुले न्यूनतम र अधिकतम गरी फरक फरक ब्याज दिने गर्छ । सर्वसाधारण बचतकर्ता बैंकमा पैसा राख्न जाँदा उनीहरुले पाउने भनेको न्यूनतम ब्याजदर हो । बैंकहरुले प्रकाशित गरेको अधिकतम ब्याजदर सबैका लागि होइन । बैंकले बजारमा ल्याएका विशेष प्रकारका निक्षेप स्किमहरुका लागि मात्र अधिकतम ब्याजदर प्रदान गर्छन ।
बैंकहरुले प्रकाशित गरेको तथ्यांक हेर्दा निक्षेपको ब्याजदर घट्ने क्रम भदौंमा पनि रोकिएन । साउनको तुलनामा भदौंमा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर औसतमा घटेको छ । भदौका लागि वाणिज्य बैंकहरुको साधारण बचतमा न्यूनतम औसत २.७६ प्रतिशत र मुद्दतीमा अधिकतम औसत ३.८४ प्रतिशत छ ।
यस्तै, भदौका लागि एक वर्षे मुद्दती निक्षेपमा औसत न्यूनतम ३.४९ प्रतिशत र अधिकतम ३.५९ प्रतिशत छ । गत साउनको तुलनामा भदौंमा ब्याजदर घटेको हो । गत साउनका बैंकहरुको साधारण बचतमा औसत ब्याजदर न्यूनतम २.७७ र अधिकतम ३.९० प्रतिशत थियो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ वटाले भदौमा एक वर्ष व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । एउटाले सीमान्त दरमा बढाएको छ भने ११ वटाले स्थिर राखेका छन् । सोही क्रममा भदौमा ६ वटा बैंकले साधारण निक्षेपको ब्याजदर घटाएका छन् भने १४ वटाले स्थिर राखेका छन् ।
कुन बैंकले साधारण र मुद्दती निक्षेपमा दिने ब्याजदर कस्तो छ भनेर तालिकामा प्रस्तुत गरिएको छ :
