उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाल सेबोन बोर्ड सदस्यमा नियुक्त

सेबोन सदस्य नियुक्त भएपछि ढकालले पुँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकसित गर्न निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउने आफ्‌नो प्राथमिकतामा रहने बताएका छन् ।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

Dhakal Sebon, vice president of Federation of Commerce and Industry, appointed as a board member

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को सदस्यमा नियुक्त भएका छन् । उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरी पठाएका हुन् ।

नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरुप उनी सेबोनको सदस्यमा नियुक्त भएका हुन् । ऐनमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधी नेपाल धितोपत्र बोर्ड (सेबोन) को सदस्य हुने व्यवस्था छ । ढकालले सेबोनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्नेछन् । 

सेबोन सदस्य नियुक्त भएपश्चात ढकालले पुँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकसित गर्न निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउने आफ्‌नो प्राथमिकतामा रहने बताए ।

यस्तै, उनले बोर्डको सदस्यका हैसियतले पुँजीबजारको विकासका लागि आफू प्रयत्नशील रहने बताए । यस्तै, सेयर बजारको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि, लगानीकर्ता संरक्षण, बजारको पहुँच विस्तार र दीर्घकालीन लगानीलाई प्रोत्साहन दिने नीतिगत तथा संस्थागत पहलमा आफूले सक्दो योगदान दिने नवनियुक्त सदस्य ढकालले बताए ।

कान्तिपुर

Link copied successfully