साउन सकिन एक साता मात्रै बाँकी रहँदा धान रोपाइँ ९१ प्रतिशत मात्रै भएको छ ।
काठमाडौँ — देशभर ९१ प्रतिशत रोपाइँ भएको छ । साउन सकिन एक साता मात्रै बाँकी रहँदा धान रोपाइँ ९१ प्रतिशत मात्रै भएको छ ।
मुलुकभर १३ लाख ७८ हजार ९ सय ६६ हेक्टरमा धान रोपाइँ हुन्छ । जसमध्ये साउन २५ सम्म १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । गत वर्ष साउन २७ सम्म ९८.१९ प्रतिशत रोपाइँ भएको थियो ।
यसपालि मधेशमा देखिएको खडेरीले रोपाइँमा कमि आएको जनाएको छ । प्रतिशतको हिसाबले सबैभन्दा धेरै सुदूरपश्चिममा ९९.७२ प्रतिशत रोपाइँ भएको छ ।
दोस्रोमा कर्णालीमा ९८.४ प्रतिशत, तेस्रोमा लुम्बिनीमा ९८.०७ प्रतिशत रोपाइँ भएको छ ।
