१८ अंकले बढेर बन्द भयो नेप्से, कारोबारमा पनि सुधार

बिहीबार कारोबारमा आएको १८७ कम्पनीको सेयर मूल्य बढ्दा, ६२ कम्पनीको घट्यो, ८ अर्ब ५३ करोड रुपैयाँको कारोबार भयो।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

NEPSE closed with an increase of 18 points, business also improved

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ०.६४ अंकले बढेपछि समग्र नेप्से २ हजार ८ सय ५०.३७ विन्दुमा उक्लेर बन्द भएको छ ।

बुधबार नेप्से १.७४ अंकले घटेको थियो । परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

बिहीबार कारोबारमा आएकामध्ये १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६२ वटा कम्पनीको घट्यो । सो दिन ९५ हजार ८ सय ३९ पटकको कारोबारमा २ करोड ५४ लाख ३ हजार ५ सय ४० कित्ता सेयर किनबेच भए ।

उक्त किनबेचमा ८ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार सेयर बजारमा ७ अर्ब ६३ करोड १३ लाख रुपैयाा बराबरको कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएकामध्ये सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको दोहोरो अंकको वृद्धिमा टेवा पुगेको हो । तीमध्ये पनि फाइनान्स कम्पनी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक एक प्रतिशतभन्दा धेरैले बढेका छन् ।

कान्तिपुर

Link copied successfully