विद्युत्‌लाई हरेक नागरिक र मुलुकको आय–आर्जनसँग जोड्ने गरी सरकार अघि बढेको छ : मन्त्री खड्का

मन्त्री खड्काले सौर्य ऊर्जाबाट पम्पिङ सिँचाइलाई सकारात्मक भन्दै उज्यालो पुर्‍याउनको महत्त्वपूर्ण भूमिका रहेको बताए।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

The government has moved forward to connect electricity with every citizen and the country's income: Minister Khadka

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विद्युत् आपूर्तिको माग दिन प्रतिदिन बढिरहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा नेपाल सौर्य विद्युत् उत्पादक संघको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा सौर्य विद्युत् उत्पादनमार्फत विद्युत् आपूर्ति हुनु राम्रो कुरा भएको बताए । उनले सरकारले ग्रिड नपुगेका स्थानमा उज्यालो पुर्‍याउन नसकेको कमीलाई सौर्य ऊर्जाले पूरा गरिरहेको बताए।

मन्त्री खड्काले सरकारले सिँचाइ गर्न नसकेका ठाउँमा सौर्य ऊर्जामार्फत पम्पिङ गरेर सिँचाइ गर्ने कार्यलाई सकारात्मक पक्षका रूपमा व्याख्या गरे। उनले विद्युत्को आवश्यकता दिनानुदिन बढ्दै गएको र त्यससँगै चुनौतीहरू पनि बढिरहेको बताए।

व्यवस्थापनका लागि आवश्यक गृहकार्य पर्याप्त हुन नसकेको बताउँदै उनले विद्युत् उत्पादनलाई हरेक नागरिक र मुलुकको आय–आर्जनसँग जोड्ने गरी सरकारले काम गरिरहेको स्पष्ट पारे।

उनले भने, ‘नेपालमा सौर्य विद्युत् उत्पादनमार्फत नेपाल सरकारले ग्रिड नपुगेका विकट स्थानमा उज्यालो पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिएको छ। सरकारले सिँचाइ गर्न नसकेका ठाउँमा सौर्य ऊर्जामार्फत पम्पिङ गरेर योगदान दिइएको छ। विद्युत्को आवश्यकता एकातिर दिनानुदिन बढिरहेको छ भने अर्कोतिर चुनौतीहरू पनि थपिँदै गएका छन्।’

मन्त्री खड्काले वातावरणीय असर र चुनौतीहरूलाई समाधान गर्न सबै मिल्नुको विकल्प नरहेको बताए। विद्युत्को खपतलाई भरपर्दो र सुरक्षित बनाउनुपर्ने चुनौती रहेको पनि उनले उल्लेख गरे।

कान्तिपुर

Link copied successfully