सेयर बजारका लगानीकर्ता ६९ लाख ६५ हजार, दोस्रो बजारमा पौने ४२ लाख मात्र

नेपाल स्टक एक्सचेन्जमा ४१ लाख लगानीकर्तामध्ये केवल १२ लाख ४८ हजार जनाले मात्र दोस्रो बजारमा सक्रिय रूपमा सेयर कारोबार गरिरहेका छन्।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

69 lakh 65 thousand stock market investors, only 42 lakh investors in the secondary market

What you should know

काठमाडौँ — सेयरमा लगानी गर्ने लगानीकर्ताको संख्या झन्डै ७० लाख पुग्न थालेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म ६९ लाख ६५ हजार ५ सय ६१ जनाले सेयरमा लगानीका लागि डिम्याट खाता खोलेका छन् ।

तर डिम्याट खाता खोलेका सबै लगानीकर्ताले दोस्रो बजारमा सेयर कारोबार गर्ने गरेका छैनन् । नेपाल स्टक एक्सचेन्जको तथ्यांकअनुसार हाल दोस्रो बजारमा सेयर कारोबारका लागि ४१ लाख ८९ हजार ६ सय ७७ जनाले खाता खोलेका छन् ।

तीमध्ये २६ लाख ५१ हजार २० जना पुरुष, १५ लाख २८ हजार ६११ जना महिला र बााकी १० हजार ४६ वटा संस्थागत लगानीकर्ता (अन्य) रहेको नेप्सेको तथ्यांक छ ।

यसरी दोस्रो बजारमा कारोबारका लागि खाता खोलेकामध्ये पनि सबै सक्रिय छैनन् । धेरै निष्क्रिय रहेका छन् । नेप्सेका अनुसार १२ लाख ४८ हजार ८५५ जना मात्र दोस्रो बजारमा सक्रिय छन् । नेप्सेले गएको एक वर्षमा कम्तीमा एउटा कारोबार गर्ने लगानीकर्तालाई सक्रिय लगानीकर्ता भन्दै आएको छ ।

२०८२ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७२ पुगेको छ ।

सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् । २०८१ जेठमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७० रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुांजीकरणको हिस्सा ५२.१ प्रतिशत रहेको छ । त्यसै गरी, जलविद्युत् कम्पनीको हिस्सा १६.१, लगानी कम्पनीको हिस्सा ८, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.५, व्यापारिक संस्थाको हिस्सा ५.३, होटेलको हिस्सा २.८ र अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully