नेप्से ३१ अंकले घट्यो, १५ अर्ब ९८ करोडको कारोबार

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

NEPSE decreased by 31 points, trading at 15.98 billion

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१.५० अंकले घट्यो । अघिल्लो दिनको तुलनामा १.०६ अंकले घटेपछि समग्र नेप्से २ हजार ९ सय २२.६३ अंकमा ओर्लेर बन्द भएको छ ।

सो दिन कारोबारमा आएकामध्ये ५२ कम्पनीको सेयर मूल्य बढ्दा १९८ वटाको घट्यो ।

बिहीबार १ लाख ६८ हजार ५ सय ९४ पटकको कारोबारमा ३ करोड ६८ लाख ७१ हजार २ सय ४४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स कम्पनीबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से ३१ अंकले घटेको हो । सो दिन फाइनान्स उपसमूहको परिसूचक १.१८ प्रतिशतले बढेको छ ।  

कान्तिपुर

Link copied successfully