स्थानीय तहका समिति, बोर्ड, कोषको खाता सञ्चालन गर्न राष्ट्र बैंकको अनुमति नचाहिने

श्रावण १२, २०८२

कान्तिपुर संवाददाता

The permission of the National Bank is not required to operate the accounts of local level committees, boards and funds

काठमाडौँ — स्थानीय तहको खाता सञ्चालनका लागि राष्ट्र बैंकबाट अनुमति लिइसकेका वाणिज्य बैंकहरूले त्यसअन्तर्गतका समिति, बोर्ड, कोषलगायत निकायको बैंक खाता सञ्चालन गर्न पुनः स्वीकृति नचाहिने भएको छ ।

राष्ट्र बैंक बैकिङ विभागले सूचना जारी गरेर स्थानीय तहको खाता सञ्चालन गर्नका लागि अनुमति लिइसकेपछि त्यस मातहतका निकायको खाता सञ्चालन गर्न पुनः स्वीकृति नचाहिने व्यवस्था गरेको हो ।

‘सरकारी कारोबार निर्देशिका २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम स्थानीय तहको ‘ग’ समूहको खाता सञ्चालन गर्न यस बैंकबाट अनुमति प्राप्त वाणिज्य बैंक खातामा ‘ग–५.२ स्थानीय तह, समिति, बोर्ड, कोष’ समूहको खाता सञ्चालन गर्न राष्ट्र बैंकको थप स्वीकृति आवश्यक नपर्ने ब्यहोरा निर्णयअनुसार अनुरोध छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully