विद्युत् समस्या बुझ्न चनौली वितरण केन्द्र पुगे प्राधिकरणका कार्यकारी निर्देशक शाक्य

श्रावण १२, २०८२

कान्तिपुर संवाददाता

Shakya, the executive director of the authority, reached the Chanauli distribution center to understand the electricity problem

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य विद्युत् आपूर्ति समस्या बुझ्न भरतपुर पुगेका छन् । सोमबार प्राधिकरणका कार्यकारी निर्देशक शाक्य र वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोली चितवन पुगेको हो ।

चितवनस्थित चनौली वितरण केन्द्रले आन्तरिक लोड व्यवस्थापन गर्न एक दिनको लागि अत्यावश्यक मर्मत कार्य गर्न लोड व्यवस्थापन तालिका सार्वजनिक गरेको थियो ।  त्यसबाट आम उपभोक्ताहरुमा भ्रम उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।

'उक्त क्षेत्रमा अत्यधिक लोडको कारण सिर्जित समस्या समाधानका लागि भरतपुर स्थित स्वस्टेशन लगायत वितरण केन्द्रहरुबाट विद्युतीय संरचनाहरूमा भइरहेको मर्मत तथा निर्माण कार्य निरिक्षण अलोकन गरिनेछ,' प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully