घट्यो नेप्सेको वृद्धिदर, साढे १९ अर्बको सेयर किनबेच 

श्रावण ७, २०८२

कान्तिपुर संवाददाता

NEPSE's growth rate decreased, buying and selling of 19.5 billion shares

काठमाडौँ — अघिल्ला ६ दिन लगातार उच्च अंकले बढेको नेप्सेमा बुधबार भने ५.१७ अंकको मात्र सुधार भएको छ । अघिल्ला ६ दिन लगातार बढेको बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्न खाजेपछि आज नेप्से उच्च अंकले बढ्न नसकेको हो । 

बरु कारोबार अवधिको अधिकांश समय नेप्से घटेको थियो । अन्तिम समयमा फेरी केही कम्पनीको खरिद चाप बढेपछि समग्र नेप्से ५.१७ अंकले सुधार देखिएको हो । यससँगै समग्र नेप्से २,९७८.८८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ वटा कम्पनीको घट्यो ।

एक लाख ७० हजार ३ सय १८ पटकको कारोबारमा ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार नेप्से २० अर्बले बढेको थियो ।

सो दिन कारोबारमा आएका १३ वटै उपसमूहमध्ये बैकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र लघुवित्तको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से ५ अंकले बढेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully