तल्लो सोलुको ८२ मेगावाट राष्ट्रिय प्रसारणमा

श्रावण ७, २०८२

भानुभक्त निरौला

Lower Solu's 82 MW in national transmission

सोलुखुम्बु — सोलुखुम्बुस्थित तल्लो सोलु जलविद्युत् आयोजनाको ८२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट उत्पादित विद्युत् लाम्मानेस्थित सोलु करिडोरको १३२ केभी प्रसारण लाइनमा जोडिएको हो । गत आइतबारबाट विद्युत् उत्पादन सुरु गरी परीक्षणका लागि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

यो आयोजना सन् २०१७ देखि निर्माण सुरु गरिएको थियो । सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्ला र ७ गार्माको सिमानामा पर्ने साल्मेमा आयोजनाको बाँधस्थल छ ।

साल्मेभन्दा ६.२ किलोमिटर तल तिङ्ला भदौरेमा रहेको पावरहाउसमा सुरुङमार्फत पानी खसालेर विद्युत् उत्पादन गरिएको छ । आयोजनाले ४.२ किलोमिटर सुरुङमार्ग र २ किलोमिटर भूमिगत पाइपलाइन बिस्तार गरेर सोलुखोलाको पानी भदौरेमा खसालेको हो । 

नेदरल्यान्ड्सको एफएमओ बैंकको करिब १७ अर्ब ऋण लगानीमा निर्माण सम्पन्न भएको आयोजनाबाट वर्षायाममा ८२ मेगावाट र हिउँदमा २० देखि २२ मेगावाट विद्युत् उत्पादन हुने आयोजनाका सहायक प्रबन्धक कृष्ण चौधरीले बताए ।

भानुभक्त

Link copied successfully