एक वर्षमा १८ खर्ब ४ अर्ब रूपैयाँको वस्तु आयात

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

Import of goods worth 18 trillion rupees in one year

काठमाडौँ — आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ४ अर्ब १२ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । सोही अवधिमा २ खर्ब ७७ अर्ब ३ करोड रूपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ । 

आर्थिक वर्ष ०८०/०८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको थियो । सोही अवधिमा १ खर्ब ५२ अर्ब ३८ करोड रूपैयाँको वस्तु निर्यात भएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आयात १३.२५ प्रतिशत र निर्यात ८१.८० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष विभिन्न मुलुकबाट सामान आयात गरेबापत ४ खर्ब ७७ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ राजस्व उठेको छ ।

कान्तिपुर

Link copied successfully