देशलाई औद्योगीकरण लैजानुपर्नेमा प्रधानमन्त्री र परिसंघको जोड

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

Emphasis of the Prime Minister and the Confederation on industrialization of the country

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच देशलाई औद्योगीकरण लैजानुपर्नेलगायतबारे  छलफल भएको छ ।

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकीकरण लैजान आवश्यक रहेको बताए ।

सामान आयात गरी नाफा आर्जन गर्नेतर्फ भन्दा देशमै उत्पादन बढाई निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले कानुनी एवं नीतिगत सुधार गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजिरहेको उनले बताए । 

परिसंघका अध्यक्ष पाण्डेले सरकारसँगको सहकार्यमा आयात प्रतिस्थापन गर्ने उद्देश्यले मेड इन नेपाल स्वदेशी अभियान सञ्चालन गरिरहेको बताए । परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक वृद्धि गराउने लक्ष्य राखेको र यसका लागि ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको उनले बताए । 

कान्तिपुर

Link copied successfully