यो वर्ष बर्से बालीको उत्पादन बढ्ने

असार २७, २०८२

कान्तिपुर संवाददाता

Annual crop production will increase this year

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बर्से बालीको उत्पादन बढ्ने जनाएको छ। यो वर्ष समयमै मनसुन भित्रिएकाले धान लगायतका वर्षे बालीको उत्पादनमा सकारात्मक प्रभाव पर्ने अनुमान राष्ट्र बैंकको छ।

‘सरकारले उन्नत बीउमा अनुदान दिएको, रासायनिक मल उपलब्ध गराएको र धान, मकै, गहुँ, उखु तथा कफीको खेती गरिनु अगावै न्यून समर्थन मूल्य निर्धारण गर्ने व्यवस्था गरिएको छ,’ शुक्रबार गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा उल्लेख गरिएको छ, ‘यही कारण कृषि क्षेत्रको वृद्धिदर सन्तोषजनक रहने अनुमान गरिएको छ।’

कान्तिपुर संवाददाता

Link copied successfully