६ कारोबार दिनदेखि बढिरहेको नेप्सेमा लाग्यो ब्रेक

शून्य दशमलव ८२ प्रतिशतले बढेर नेप्से २ हजार ६ सय ८४ दशमलव शून्य १ विन्दुमा, असार १५ यता नेप्से निरन्तर बढिरहेको नेप्से सोमबार घटेको हो 

असार २४, २०८२

कान्तिपुर संवाददाता

NEPSE, which has been increasing for 6 trading days, has taken a break

काठमाडौँ — लगातार ६ कारोबार दिन बढेको नेप्से सोमबार २२.३५ अंकले घटेको छ । शून्य दशमलव ८२ प्रतिशतले बढेर नेप्से २ हजार ६ सय ८४ दशमलव शून्य १ विन्दुमा ओर्लिएको छ । यही असार १५ यता नेप्से निरन्तर बढिरहेको नेप्सेमा सोमबार घटेको हो ।

गत वैशाख ७ मा नेप्से ७ सय ६ दशमलव ०४ विन्दुमा बन्द भएको थियो । त्यसयता असार ८ मा २५९५ दशमलव ९७ विन्दुमा ओर्लिएको थियो । असार १९ र असार २२ मा २७ सय विन्दुमा उक्लिएको नेप्से फेरि २६ सय विन्दुमै ओर्लिएको हो ।

कुल ३९ कम्पनीको मूल्य बढ्यो भने २०९ कम्पनीको मूल्य घट्यो । नेप्सेका अनुसार ७१ हजार ३१३ पटकको सेयर किनबेचबाट ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार साढे ९ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो । कुल १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर किनबेच भएको छ ।

सोमबार होटल तथा पर्यटन र सामूहिक लगानी कोष उपसमूह मात्रै बढ्यो । बाँकी सबै उपसमूह घटे । होटल तथा पर्यटन ४१.८० अंकले बढेको छ । नेप्सेका अनुसार फाइनान्स ३.७६, व्यापार १.२५, उत्पादन तथा प्रशोधन १.२४ प्रतिशतले घटेको छ । 

माथिल्लो मैलुङखोलाको ६.५६, कर्पोरेट विकास बैंक ६.२८, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४.०६, सिन्धु विकास बैंकको ३.७४ र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ३.५९ प्रतिशतले सेयर मूल्य बढेको छ । यी कम्पनीको सम्पत्तिको मूल्य बढ्यो । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लाग्यो । गुडविल फाइनान्स लिमिटेड डिबेन्चर (२०८३) को ९.६६, ग्रिन डेभलपमेन्ट बैंकको ९.४९, नेपाल फाइनान्सको ५.३९ र समृद्धि फाइनान्स कम्पनीको ४.५९ प्रतिशतले सेयर मूल्य घटेको छ । 

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको ८० करोड ७० लाख, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड ७१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २४ करोड १७ लाख, साहस ऊर्जाको २० करोड ४५ लाख र ङादी ग्रुप पावरको १९ करोढ ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

प्रभु सेलेक्ट फन्डको सबैभन्दा बढी सेयर कित्ता कारोबार भएको छ । नेप्सेका अनुसार प्रभु सेलेक्ट फन्डको २१ लाख १९ हजार ८१७ कित्ता सेयर खरिदबिक्री भएको छ । प्रभु स्मार्ट फन्डको ७ लाख २२ हजार १४०, नेपाल रिइन्स्योरेन्स कम्पनीको ६ लाख ११ हजार १३१, ङादी ग्रुप पावरको ५ लाख २४ हजार ६३३ र वरुण हाइड्रोपावरको ४ लाख ११ हजार ४६९ कित्ता सेयर खरिदबिक्री भएको हो । 

नेप्से घट्दा सोमबार एकै दिन सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ३७ अर्ब २४ करोड ५२ लाख रुपैयाँले कमी आएको छ । आइतबार ४५ खर्ब ९ अर्ब १९ करोड ३६ लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण सोमबार घटेर ४४ खर्ब ७१ अर्ब ९४ करोड रुपैयाँमा कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण बढ्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा बढी हुनु हो । यही आधारमा पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको रूपमा विश्लेषण गरिन्छ ।

कान्तिपुर

Link copied successfully