नेपाल टेलिकमको इन्टरनेट अवरोध, समस्या समाधान भइरहेको दाबी

असार २४, २०८२

कान्तिपुर संवाददाता

Internet interruption of Nepal Telecom, claims that the problem is being solved

काठमाडौँ — सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक, नेपाल टेलिकमले इन्टरनेट सेवामा समस्या आएको जानकारी गराएको छ । यो समस्या मंगलबार बिहान १:३० बजेदेखि सुरु भएको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय सेवा प्रदायकहरूबाट इन्टरनेट किनेर ग्राहकहरूलाई सेवा दिँदै आएको छ । तीमध्ये एउटा सेवा प्रदायकको नेटवर्कमा समस्या आएकाले यो अवरोध भएको टेलिकमले जनाएको छ । 

कम्पनीका अनुसार अन्तर्राष्ट्रिय नेटवर्कमा समस्या आएपछि सम्पूर्ण इन्टरनेट ट्राफिक वैकल्पिक सेवा प्रदायकबाट सञ्चालन गरिएको छ । यसले गर्दा वैकल्पिक लिंकमा चाप बढेको र नेपाल टेलिकमको इन्टरनेट सेवाको गतिमा केही समस्या उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीले समस्या समाधान गरी सेवा पुनर्स्थापनाका लागि तत्कालै प्रयास भइरहेको जनाएको छ । 

कान्तिपुर

Link copied successfully