नेप्से परिसूचकसँगै काराेबार रकम पनि घट्यो

असार २३, २०८२

कान्तिपुर संवाददाता

Along with the NEPSE index, the transaction amount also decreased

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २२.३५ अंकले घटेको छ । शून्य दशमलव ८२ प्रतिशतले बढेर नेप्से २ हजार ६ सय ८४ दशमलव शून्य १ विन्दुमा ओर्लिएको छ । 

कुल ३९ कम्पनीको मूल्य बढ्यो भने २०९ कम्पनीको मूल्य घट्यो । नेप्सेका अनुसार ७१ हजार ३१३ पटकको सेयर किनबेचबाट ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । 

आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार साढे ९ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो । कुल १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर किनबेच भएको छ ।

आज होटल तथा पर्यटन र सामुहिक लगानी कोष उपसमूह मात्रै बढ्यो । बाँकी सबै उपसमूहहरु घट्यो । होटल तथा पर्यटन ४१.८० अंकले बढेको छ । 

कान्तिपुर

Link copied successfully