सवारीसाधनसम्बन्धी निर्देशिकामा नाडाको चासो

असार १७, २०८२

कान्तिपुर संवाददाता

NADA's interest in motor vehicle guidelines

काठमाडौँ — सवारीसाधनको आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा भइरहेको तयारीबारे अटो व्यवसायी र यातायात व्यवस्था विभागबीच छलफल भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले सोमबार विभागका महानिर्देशक राजीव पोखरेलको उपस्थितिमा छलफल गरेको हो ।

अध्यक्ष चौधरीले प्रस्तावित निर्देशिकामा भएका बुँदाहरूबारे नाडा र विभागबीच विस्तृत छलफल गरी अघि बढ्नुपर्ने धारणा राखे । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले निर्देशिकामा उल्लेखित बुँदाहरूका सम्बन्धमा सिलसिलेवर छलफल गरी यथार्थ र व्यावहारिक बनाउन आवश्यक रहेको बताए । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेलाई दण्डित गर्नुपर्ने र सही कार्य गर्नेलाई पुरस्कृत गर्नुपर्ने धारणा राखे । महानिर्देशक पोखरेलले यस विषयमा सरोकारवाला निकायसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए । नेपालमा अहिलेसम्म सवारी साधन आयातसम्बन्धी कुनै स्पष्ट नियम नभएकाले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको उनको भनाइ थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully