काठमाडौँ — नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी आर्थिक वर्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विनियोजन गरिदिएको एक करोड रुपैयाँ राशिको अनुदान अस्वीकार गरेको छ ।
मंगलबार बसेको सेजन कार्यसमिति बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१ मा सेजनलाई विनियोजन गरेको १ करोड रुपैयाँ सञ्चालन अनुदान अस्वीकार गर्ने निर्णय गरेको हो ।
सो मन्त्रालयसँग सेजनले बजेट माग नगरेको, सो मन्त्रालयको अनुदान हालसम्म स्वीकार नगरेको, आफ्नो संस्थाको विरासत र संस्थागत मौलिकता विपरीत हुने, नागरिकको आधारभूत आवश्यकता पूरा गर्न स्रोत अभाव भइरहेको बेला सो रकम त्यसतर्फ सरकारले उपयोग गरोस् भन्दै आफूहरुले अनुदान अस्वीकार गर्ने निर्णय गरेको सेजनको विज्ञप्तिमा उल्लेख छ ।
