नेप्से साढे २६ अंकले बढ्यो

१ सय ८५ कम्पनीको सेयर मूल्य बढ्यो, ६३ को मूल्य घट्यो

असार १६, २०८२

कान्तिपुर संवाददाता

NEPSE increased by 26 and a half points

काठमाडौँ — पछिल्ला तीन कारोबार दिनयता घटिरहेको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन भने २६.५३ अंकले बढेको छ । एक दशमलव शून्य २ प्रतिशतले बढेर नेप्से २ हजार ६ सय २२ दशमलव २८ बिन्दुमा उक्लिएको हो । गत मंगलबारयता निरन्तर नेप्से घटिरहेको थियो । गत मंगलबार शून्य दशमलव २२, बुधबार शून्य दशमलव ३३ र बिहीबार ४.४५ अंकले घटेको थियो । 

आइतबार कुल १८५ कम्पनीको मूल्य बढ्यो भने ६३ कम्पनीको घट्यो । कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन मात्रै ३९.४५ अंकले घट्यो । बाँकी सबै उपसमूह बढे । जीवन बिमा १०३.०४, विकास बैंक ८५.३९, लघुवित्त ७३.२९, निर्जीवन बिमा ५०.०३, अन्य उपसमूह ३०.६३ अंकले बढे । नेप्सेका अनुसार यस दिन ७४ हजार ७५२ पटकको सेयर किनबेचबाट ७ अर्ब १२ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

गत बिहीबारको तुलनामा आइतबार कारोबार रकम भने घटेको छ । गत बिहीबार ७ अर्ब ७८ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसबाट कुल १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच भएको थियो । 

सप्तकोशी विकास बैंकको ९.९९, विन्ध्यवासिनी हाइड्रोपावरको ८.९७, माछापुच्छ्रे बैंक डिबेन्चर २०८५ को ८.१०, ग्रिन भेन्चरको ६.९५ र त्रिशूली जलविद्युत्को ५‍.९२ प्रतिशतले सेयर मूल्य बढ्यो । जोशी हाइड्रोपावरको ५.५७, युनिलिभर नेपालको ३.४९, पञ्चकन्या माई हाइड्रोपावरको ३.२०, पियोर इनर्जीको ३.१९ र बुटवल पावर कम्पनीको ३.०३ प्रतिशतले सेयर मूल्य घट्यो । 

कारोबार रकमका आधारमा साहस ऊर्जा, बुटवल पावर कम्पनी, युनियन हाइड्रोपावर, ङादी ग्रुप पावर र राधी विद्युत् कम्पनी अघि रह्यो । साहस ऊर्जाको ५७ करोड ८६ लाख ८८ हजार, बुटवल पावर कम्पनीको ३४ करोड ९९ लाख ६२ हजार, युनियन हाइड्रोपावरको २४ करोड ३३ लाख ८६ हजार, ङादी ग्रुप पावरको २३ करोड ४१ लाख ८३ हजार र राधी विद्युत् कम्पनीको २१ करोड २८ लाख १४ हजार रुपैयाँले सेयर कारोबार भएको छ । 

नेप्से साढे २६ अंकले बढेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ४४ अर्ब २१ करोड ५७ लाख रुपैयाँले बढेको छ । गत बिहीबार ४३ खर्ब २४ अर्ब ८८ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण आइतबार ४३ खर्ब ६९ अर्ब १० करोड रुपैयाँ कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । 

कमाउने कम्पनीहरूको सूची

सप्तकोशी विकास बैंक९.९९ प्रतिशत

विन्ध्यवासिनी हाइड्रोपावर८.९७ प्रतिशत

माछापुच्छ्रे बैंक डिबेन्चर (२०८५)८.१० प्रतिशत

ग्रिन भेन्चर६.९५ प्रतिशत

त्रिशूली जलविद्युत्५‍.९२ प्रतिशत

विन नेपाल लघुवित्त५.५७ प्रतिशत

गुराास लघुवित्त५.५५ प्रतिशत

रिभर फल्स पावर५.४७ प्रतिशत

प्राइम डिबेन्चर (२०८८)५.३१ प्रतिशत

साहस ऊर्जा५.३१ प्रतिशत

कान्तिपुर

Link copied successfully