पसल बन्द गरेर आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी

असार १३, २०८२

कान्तिपुर संवाददाता

Gold and silver businessmen started a protest by closing the shop

काठमाडौँ — पसल बन्द गरेर सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेका हुन् । 

न्युरोडलगायका स्थानहरुमा सुनचाँदी पस बन्द रहेका छन् । विनयोजन विधेयक पास हुँदा पनि आफूहरुको माग सम्बोधन नभएकाले पुनः आन्दोलन गर्नुपरेको सुनचाँदी व्यवसायीहरुको भनाइ छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै व्यवसायीहरूले आन्दोलन सुरु गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै उनीहरूले आन्दोलन स्थगित गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully