ऊर्जा क्षेत्रलाई बचाउन न्यायोचित निर्णय आवश्यक : सभापति सिंह

नेपाल पुर्वाधार पत्रकार समाजले सोमबार आयोजना गरेको 'बजेटमा टेक एन्ड पे पीपीएमा व्यवस्था र जलविद्युत् क्षेत्रमा पार्ने प्रभाव' मा उनले यस्तो बताएका हुन् ।

असार ९, २०८२

सीमा तामाङ

Just decision needed to save energy sector: Chairman Singh

काठमाडौँ — संसदको पूर्वाधार विकास समितका सभापति दिपकबहादुर सिंहले बजेट पक्षपातपूर्ण रहेको र ऊर्जा क्षेत्रलाई बचाउन न्यायोचित निर्णय गर्न आवश्यक पहल गर्ने बताएका छन्। नेपाल पुर्वाधार पत्रकार समाजले सोमबार आयोजना गरेको 'बजेटमा टेक एन्ड पे पीपीएमा व्यवस्था र जलविद्युत् क्षेत्रमा पार्ने प्रभाव' मा उनले यस्तो बताएका हुन् ।

‘स्वदेशी लगानीकर्ता र ६० लाखभन्दा धेरै सर्वसाधारण नेपालीको शेयर लगानी भएको क्षेत्रलाई सबैको हितहुने गरी आवाज उठाइनेछ’ सिंहले भने। सासंद उर्मिला माझीले बजेट ल्याउने सरकारका कसैलाई पनि टेक एण्ड पे बारे थाहा नहुनु लज्जास्पद भएको बताइन् । अर्की सासंद विना लामाले यस विषयमा सरोकारवालालाई पूर्वाधार समितिमा डाकेर छलफल गर्ने र सच्याउन माग गर्ने बताइन् ।

सासंद निशा डाँगीले सरकारले ल्याएको टेक एण्ड पे को नीति असफल हुने बताइन भने दिनेश कुमार यादवले तत्काल फिर्ता लिन संसदमा आवाज उठाइरहको बताए । सासंदहरु महेश बस्नेत, सुशिला श्रेष्ठ र शिव नेपालीले पनि प्रभावकारी रुपमा उठान गरी सच्याउनको लागि काम गर्ने बताए । 

सीमा तामाङ तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully