काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक लगातार चौथो कारोबार दिन घटेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३२.९३ अंकले घटेको हो । गत मंगलबार यता नेप्से क्रमश: घट्दै आएको छ ।
कुल २३ कम्पनीको सेयर मूल्य बढ्यो भने २२५ कम्पनीको मूल्य घट्यो । आइतबार ८७ हजार ३०२ पटकको सेयर किनबेचबाट ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
होटल तथा पर्यटन, जलविद्युत्, जिवन बिमालगायत सबै उपसमूहहरु घट्यो । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.९८, सप्तकोशी विकास बैंका ५.६०, एनआईसी एसिया डेबेञ्चर (२०८५/८६) को ५.४५, गुँरास लघुवित्तको ३.४० र सिभिल बैंक डेबेञ्चर (२०८८) को सेयर मूल्य २.९३ प्रतिशतले बढ्यो ।
पियोर इनर्जीको मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लाग्यो । युनियन हाइड्रोपावरको ६.२४, रसुवागढी हाइड्रोपावर कम्पनीको ५.४८, हिमालय ऊर्जा विकास कम्पनीको ५.३३, मध्य भोटेकोशी जलविद्युत् कम्पनीको ५.२० प्रतिशतले मूल्य घट्यो ।
कारोबार रकमका आधारमा दोर्दी खोला जलविद्युत् कम्पनी, बुटवल पावर कम्पनी, राधी विद्युत् कम्पनी, सानिमा माई हाइड्रोपावर र ङादी ग्रुप पावर अघि रह्यो । दोर्दी खोला जलविद्युत् कम्पनीको ७५ करोड ७३ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।
