बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७० खर्ब नाघ्यो

असार ४, २०८२

कान्तिपुर संवाददाता

Total deposits of banks and financial institutions exceeded 70 billion

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ७० खर्ब रुपैयाँ नाघेको छ । यो हालसम्मकै धेरै हो । बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुमा मात्र ६२ खर्ब ६२ अर्ब रुपैयाँ छ । बाँकी करिब साढे ७ खर्ब निक्षेप विकास बैक र फाइनान्स कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

उल्लेखित ७० खर्ब निक्षेप वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मात्र हो । यसबाहेक सदस्य बचतका रुपमा लघुवित्त वित्तीय संस्था र सहकारी संघसंस्थाले पनि निक्षेप संकलन गर्छन । तर, ती संघ संस्थामा रहेको निक्षेप राष्ट्र बैंकले संकलन गर्ने तथ्यांकमा समावेश हुँदैन । यसकारण अर्थतन्त्रका सबै क्षेत्रको निक्षेप जोड्दा वास्तविक निक्षेप अझै धेरै हुने जानकारहरु बताउँछन् ।

बैंक तथा वित्तीय संस्थामा धेरै रकम जम्मा भएको अहिले मात्र होइन । पछिल्लो एक/डेढ वर्षदेखि बजारमा पैसा धेरै भए पनि व्यवस्थापनका लागि राष्ट्र बैंकले सातामा कम्तिमा दुई पटक पैसा झिक्दै आएको छ । सोही क्रममा बुधबार ९० अर्ब रुपैयाँ राष्ट्र बैंकले झिक्दै छ । 

कान्तिपुर

Link copied successfully