काठमाडौँ — साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक झिनो अंक (०.४७ अंक) ले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ०.०१ प्रतिशतले बढ्दा समग्र नेप्से २ हजार ६ सय ५५.८५ विन्दुमा पुगेर बन्द भएको छ ।
अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्से आइतबार झिनो सुधारसहित बन्द भएको हो । सो दिन कारोबारमा आएकामध्ये ९० कम्पनीको सेयर मूल्य बढ्यो भने १५७ वटाको घट्यो ।
आइतबार ९५ हजार ३ सय ७४ पटकको सेयर कारोबारमा २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको घटेको हो ।
गत बिहीबार १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र ब्यापारको परिसूचक बढे । सो दिन बाँकी उपसमूहको परिसूचक घट्यो ।
