बजेटमा आएको ‘टेक एन्ड पे’ पीपीए सच्याइन्छ : ऊर्जामन्त्री खड्का

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

The 'Take and Pay' PPA in the budget will be corrected: Energy Minister Khadka

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेटमा आएको ‘टेक एन्ड पे’ विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सच्याइने बताएका छन् । नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेसनमा उनले ऊर्जा मन्त्रालयले सच्याउनका लागि अर्थ मन्त्रालयमा पठाइसकेको समेत जानकारी दिए ।

आगामी आर्थिक वर्षको बजेटमा नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको ‘टेक एन्ड पे’ (लिऊ र तिर) प्रावधानअनुसार विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गर्ने व्यवस्था गरेको छ ।

‘टेक एन्ड पेबारे पटकपटक भनिसकेको छु, बुझेर या नबुझेर वा गल्तिले जे सुकै भएता पनि यो सच्चिन्छ,’ उर्जामन्त्री खड्काले भने, ‘मन्त्रालयले निर्णय गरेर अर्थ मन्त्रालयमा पठाइसकेको छ । किनभने लक्ष्य एकातिर हामी अर्कोतिर हड्नि सक्दैनौं । लक्ष्य पहिल्याउन हामीले प्रशस्त मिहेनत गर्नुपर्नेछ ।’

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, अर्थ मन्त्री विष्णु पौडेल र ऊर्जामन्त्री खड्कालगायतले बजेटमा नल्याएको भन्दै पन्छिरहेका छन् । 

कान्तिपुर

Link copied successfully