सुनको मूल्य निरन्तर उकालोतिर

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

The price of gold continues to rise

काठमाडौँ — गत मंगलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीमा १५ रुपैयाँले गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल १ लाख ९२ हजार ९ सय कायम भएको छ भने एक तोला चाँदी २ हजार १ सय ५० मा कारोबार भइरहेको छ ।  गत मंगलबार एक तोला सुन १ लाख ९० हजार तथा सोही परिमाणको चाँदी २ हजार १ सय ६५ मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully