काठमाडौँ — आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा गण्डकी प्रदेशका उद्योगको क्षमता उपयोग करिब आधा प्रतिशत विन्दुले घटेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा गण्डकी प्रदेशमा सञ्चालित उद्योगहरूको क्षमता उपयोग ४१.२६ प्रतिशत रहेकोमा यस वर्षको सोही अवधिमा यो घटेर ४०.८५ प्रतिशत रहेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले देखाएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ओइन्टमेन्ट औषधि, चाउचाउ, बियर, ड्राई सिरप औषधि, चुरोट, तोरीको तेल र प्रशोधित दूधको उत्पादन गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको देखिएको छ । तर, क्याप्सुल औषधि, इँट्टा, ट्याब्लेट औषधि, चकलेट, सिमेन्ट, लिक्विड औषधि र बिस्कुटलगायतका वस्तुको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको प्रतिवेदनले औंल्याएको छ । २०८१ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ८.१८ प्रतिशत अर्थात् २८ अर्ब ६२ करोड औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १६.५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत वर्ष यस्तो हिस्सा १६.८ प्रतिशत थियो । यस प्रदेशको उद्योग क्षेत्रमा साना र मझौला उद्योगहरूको उल्लेख्य उपस्थिति रहेको छ । आर्थिक वर्ष २०८०/८१ सम्ममा गण्डकी प्रदेशमा दर्ता भएका कुल उद्योगको सङ्ख्या ७३ हजार ७ सय ६६ पुगेको छ भने वाणिज्य फर्मको सङ्ख्या ७४ हजार ३ सय १९ पुगेका छन् ।
यी हुन औद्योगिक क्षेत्रमा देखिएको चुनौती
