नेप्से २३ अंकले बढ्यो, कारोबार रकम घट्यो

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

NEPSE increased by 23 points, turnover decreased

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २३.१९ अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशतले बढ्दा समग्र नेप्से २ हजार ६ सय ५३.०९ बिन्दुमा पुगेर बन्द भएको छ। अघिल्ला चार कारोबार दिन लगातार घटेको नेप्से सोमबार दोहोरो अंकले बढेको हो ।

सोमबार कारोबारमा आएकामध्ये १९१ कम्पनीको सेयर मूल्य बढ्यो भने ५६ वटाको घट्यो र १ वटा कम्पनीको स्थिर रहृयो ।

सो दिन ७८ हजार ८ सय ४८ पटकको सेयर कारोबारमा १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाा बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको हो । आइतबार सेयर बजारमा ९ अर्ब १३ करोड ६७ लाख रुपैयाा बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन, जीवन बिमा र व्यापारको परिसूचक घटे । बााकी सबैको उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेमा दोहोरो अंकको वृद्धि भएको हो ।

कान्तिपुर

Link copied successfully