सुनचाँदीमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै व्यवसायी आन्दोलित 

जेष्ठ २५, २०८२

न्युज एजेन्सी नेपाल

Businessmen are agitating demanding the abolition of the two percent luxury tax imposed on gold and silver

काठमाडौँ — सुनचाँदी व्यवसायीहरूले सुनचाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सुनचाँदीमा सरकारले लगाएको करका विरुद्ध ध्यानाकर्षण गराउने भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाइमा व्यवसायी आन्दोलित भएका हुन् । 

आइतबार उनीहरूले न्युरोड गेटदेखि इन्द्रचोक डबलीसम्म र्‍यालीसहित आन्दोलन गरेका हुन् । कानुनले सुनलाई नगदसरहको सम्पत्तिको मान्यता दिएकाले सुनमा लगाइएको २ प्रतिशत विलासी शुल्क खारेज हुनुपर्ने संघर्ष समितिको माग छ । 

Businessmen are agitating demanding the abolition of the two percent luxury tax imposed on gold and silverत्यस्तै हिरा, जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गरेर पूर्ववत व्यवस्था कायम गरिनुपर्ने, उपभोक्ताहित, गहना उत्पादक तथा कालिगढ, व्यवसायीमैत्री सुनचाँदीसम्बन्धी ऐन, कानुन र कार्यविधि तुरुन्त जारी गरिनुपर्ने, सानो परिमाणमा ५० ग्राम र १०० ग्रामका सुनका टुक्रा खुल्ला रुपमा पान नम्बर र कर चुक्ता प्रमाणापत्रको आधारमा गहना उत्पादक तथा कालिगढ व्यवसायीले खरिद गर्ने व्यवस्था मिलाइनुपर्ने उनीहरूको माग छ ।

Businessmen are agitating demanding the abolition of the two percent luxury tax imposed on gold and silverसरकारले अगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको थियो ।

न्युज एजेन्सी नेपाल

Link copied successfully