काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेटमा रकमबिनाका शीर्षक राखिएको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले बजेटमा केही पपुलिस्ट कुरा पनि आएको बताए ।
‘बजेटमा केही पपुलिस्ट कुराहरु आएका छन् । धेरै अव्यवहारिक छन् । केहीमा व्यवस्था गरेको छु भनेको रकम छैन । शीर्षक राखेको छ । रकम छैन । प्राथमिकता दिन खोजेका कुराहरू राम्रोसँग प्राथमिकता दिन खोजेको देखिएन । रोजागारी सिर्जना गर्ने कुरामा ध्यान दिइएको छैन,’ उनले भने । वरिष्ठ उपाध्यक्ष पाण्डेले बजेटको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।
