विद्युतीय सवारी आयातमा लाग्ने कर तथा महसुल यथावत्

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Taxes and duties on import of electric vehicles remain the same

काठमाडौँ — सरकारले विद्युतीय सवारी आयातमा लाग्ने कर तथा महसुल यथावत् राखेको छ । बर्सेनि बढ्दै गएको विद्युतीय सवारी साधनको कर आगामी आर्थिक वर्षका लागि यथावत् राखिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

‘विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरी वातावरण प्रदूषण न्यूनीकरण गर्न र विद्युत्को आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लगाइएको सबै प्रकारका कर तथा महसुल यथावत् राखिएको छ,’ उनले भने ।

विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन उत्पादन तथा एसेम्बलिङ गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने व्यवस्था गरिएको पनि पौडेलले बताएका छन् । यस्ता उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully