मदिरा र सुर्ती-चुरोटमा कर बढ्यो 

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Tax on alcohol and tobacco increased

काठमाडौँ — सरकारले मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दर बढाएको छ । आगामी आर्थिक वर्षको बजेट ल्याउँदै अर्थमन्त्री विष्णु पौडेलले भन्सार दर बढेको बताएका हुन् ।

‘मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको छु,’ उनले भने । 

भन्सार महसुलका केही दरमा समायोजन गरेको समेत उनले जनाए । ‘विद्यमान अन्त:शुल्क दरमा सामान्य वृद्धि गरेको छु,’ उनले भने, ‘स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको छु ।’

कान्तिपुर

Link copied successfully