चेरी वर्ल्ड कम्युनिकेसनको लाइसेन्स खारेज

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

Termination of License of Cherry World Communications

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले चेरी वर्ल्ड कम्युनिकेसन प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको सूचना सार्वजनिक गरेको छ । काठमाडौंको रविभवनस्थि सो सेवा प्रदायकलाई प्रदान गरिएको इन्टरनेट (इमेलसहित) सेवासम्बन्धी अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार २०६७ वैशाख २९ मा प्रदान गरिएको उक्त अनुमति (अनुमतिपत्र नं. फि. ज. १-६२) नियमानुसार नवीकरणको लागि तोकिएको समयावधिभित्र निवेदन नपरेपछि२०८२ वैशाख २९ देखि स्वतः खारेज भएको हो।  दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम लाइसेन्स खारेज गरिएको सूचनामा उल्लेख छ । 

उक्त कम्पनीले प्राधिकरणलाई तिर्नु/बुझाउनुपर्ने रकम ३० दिनभित्र बुझाउन र कार्यालयमा सम्पर्क गर्न पनि निर्देशन दिएको छ । ‘अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ प्राधिकरणले उल्लेख गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully