गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Economic growth rate of Gandaki region is highest

काठमाडौँ — चालु आर्थिक वर्ष गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ।

कार्यालयले सोमबार सार्वजनिक गरेको प्रादेशिक राष्ट्रिय लेखा अनुमानअनुसार गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ५.५१ प्रतिशत हुने प्रक्षेपण गरिएको हो। यस वर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशको ३.३२ प्रतिशत हुने अनुमान गरिएको छ।

तथ्यांक कार्यालयका अनुसार यस वर्ष बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत, कोशीको ३.३४ प्रतिशत, मधेशको ४.५० प्रतिशत, लुम्बिनीको ४.७० प्रतिशत र कर्णाली प्रदेशको ४.७४ प्रतिशत हुने अनुमान गरिएको छ।

कान्तिपुर

Link copied successfully