काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ५.२१ अंकले घटेको छ । शून्य दशमलव १९ प्रतिशतले घटेर नेप्से २ हजार ६ सय ७४.७६ विन्दुमा ओर्लिएको छ ।
नेप्से आइतबार ८.५७ अंकले घटेको थियो । कुल ९२ कम्पनीको सेयर मूल्य बढ्यो भने १५५ कम्पनीको मूल्य बढ्यो ।
सोमबार ६९ हजार ६५१ पटकको किनबेचबाट ७ अर्ब ५८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार ७ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो । नेप्सेका अनुसार सोमबार १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर किनबेच भए ।
कुल १३ उपसमूहमध्ये बैकिङ र उत्पादन तथा प्रशोधन मात्रै बढ्यो । उत्पादन तथा प्रशोधन ५७.०५ र बैकिङ २.४८ अंकले बढ्यो । होटल तथा पर्यटन, विकास बैंक, लघुवित्तलगायत उपसमूहहरु घट्यो ।
