काठमाडौँ — नेपाल राष्ट्र बैंक सेयर बजारप्रति थप लचिलो बनेको छ । आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले सेयर कर्जामा जोखिम भार १ सय प्रतिशत कायम गरेको हो ।
यसअघि सेयर कर्जा जोखिम भार १२५ प्रतिशत थियो । यो निर्णयसँगै बैंक तथा वित्तीय संस्थाले कम पहिलेभन्दा कम मात्र जोखिम भार कायम गर्नु पर्ने भएपछि यो क्षेत्रमा कर्जा विस्तार क्षमता बढ्ने छ ।
