गभर्नर पौडेलको पहिलो निर्णय : हजार र पचास नोटको नयाँ डिजाइन तयार गर्ने

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Governor Paudel's first decision: Prepare a new design of one thousand and fifty notes

काठमाडौँ — नवनियुक्त गभर्नर विश्व पौडेलले एक हजार र पचास दरका नयाँ नोटको डिजाइन तयार गर्ने निर्णय पहिलो निर्णय गरेका छन् ।

पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष सपथ लिएपछि राष्ट्र बैंक पुगेर कार्यभार सम्हालेका थिए । कार्यभार सम्हालेलगत्तै गभर्नर पौडेलले एक हजार र पचास दरका नयाँ नोटको डिजाइन तय गर्ने निर्णय गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो । उनले आज बिहान साढे १० बजे सपथ लिएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully