१० महिनामा व्यापार घाटा १२ खर्ब ५६ अर्ब

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

12 trillion 56 billion trade deficit in 10 months

काठमाडौँ — चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब  २७ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिमा करिब ७ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०८०/८१ को १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म १४ खर्ब ७४ अर्ब  १८ करोडको वस्तु आयात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिमा १३.११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोडको वस्तु आयात भएको थियो ।

साउनदेखि वैशाखसम्म निर्यात व्यापार ७३ प्रतिशतले बढेको छ । विभागको तथ्यांकअनुसार १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोडको वस्तु निर्यात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधीमाम ७२. ७१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्ब १७ करोडको वस्तु निर्यात भएको थियो ।  

कान्तिपुर

Link copied successfully