मुन्दुम ट्रेल अब ‘ग्रेटर मुन्दुम ट्रेल’

जेष्ठ १, २०८२

डम्बरसिं राई

Mundum Trail now 'Greater Mundum Trail'

खोटाङ — सय गन्तव्य सूचीमा रहेको मुन्दुम ट्रेललाई ‘ग्रेटर मुन्दुम ट्रेल’को रूपमा विकास गरिएको छ । सप्तकोशीको चतरादेखि खुवालुङ हुँदै सगरमाथासम्मलाई ग्रेटर मुन्दुम ट्रेलको रूपमा विकास गरिएको हो । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले बुधबार प्रेस नोट मार्फत उक्त ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको जनाएको हो ।

केन्द्रका अनुसार सप्तकोशीको चतरा, खुवालुङ हुँदै, भोजपुरको हतुवागढी, गोलमे पहरा, नाग छाँगा, कपासे भन्ज्याङ, तावा भन्ज्याङसम्म लोअर मुन्दुम ट्रेल, तावा भन्ज्याङदेखि ट्याम्केडाँडा हाँसपोखरी साल्पा सिलिचुङ हुँदै महाकुलुङ बुङसम्म मुन्दुम ट्रेल तथा छेस्कामदेखि सगरमाथा बेस क्याम्पसम्म अपर मुन्दुम ट्रेल हुने गरी तीन खण्ड विभाजन गरी ग्रेटर मुन्दुम ट्रेल विकास गरिएको छ ।

Mundum Trail now 'Greater Mundum Trail'

उक्त ग्रेटर मुन्दुम ट्रेल समुद्री सतहदेखि संसारको सबैभन्दा अग्लो चुचुरोसम्म सबैभन्दा छोटो दूरीमा पुग्न सकिने भएकाले उपयोगी भएको केन्द्रका अध्यक्ष रमेशकुमार राईले बताए । ‘ग्रेटर मुन्दुम ट्रेललाई तराई, पहाड र हिमाल गरी तीन खण्डमा विभाजन गरिएको छ,’ राईले भने, ‘विश्वका पर्यटकको ध्यान केन्द्रित गर्ने गरी नेपालकै पहिलो पर्यटकीय पदमार्ग बनाउने लक्ष्य बनाइएको छ ।’

Mundum Trail now 'Greater Mundum Trail'

ग्रेटर मुन्दुम ट्रेलमा प्राकृतिक तथा भौगोलिक रूपमा तराईका समथर भूभागको तातो हावादेखि पहाडको चुचुरोको चिसो तुसारोसम्मको अनुभव गर्न सकिने भएकाले विश्वका पर्यटकको रोजाइमा पर्ने राईको भनाइ छ । 

Mundum Trail now 'Greater Mundum Trail'

नेपालका चर्चित चुचुराहरू मेरा पिक, नौलेख, चामलाङ, हुंकु चुली, वरुण से, उभबप लगायत थुप्रै हिमालहरूको बेस क्याम्प रुटमा पर्दछ । उक्त ट्रेलमा भ्रमण गर्दा संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा सहित कन्चनजङ्घा, मकालु, चोयु, लोत्छे तथा संसारकै सबैभन्दा होचो अरुण उपत्यका लगायत संसारका अग्लो चुचुराको अवलोक गर्न पाइने राईले सुनाए । 

Mundum Trail now 'Greater Mundum Trail'

यसबाहेक खोमादिङ भ्याली, हुङयो भ्याली, संसारकै सबैभन्दा अग्लो ट्रेकिङ पास शेर्पेनकोल पास, आमालाप्चा पास, मेराला पास, संखुवासिर पास, मिगेला पास जस्ता थुप्रै पासहरू समेत ग्रेटर मुन्दुम ट्रेल अन्तर्गत पर्दछ । 

Mundum Trail now 'Greater Mundum Trail'

सांस्कृतिक हिसाबले किराँत समुदायको विशेष सांस्कृतिक स्थलहरू, प्राग ऐतिहासिक स्थलहरू, कला, साहित्य, संगीत, चाडपर्व, रहनसहन, जनजीवन, स्थानीय खानपान र स्थानीय मौलिक वास्तुकलाहरू ग्रेटर मुन्दुम ट्रेलमा देख्न र स्वाद लिन पाइने राईले बताए । 

Mundum Trail now 'Greater Mundum Trail'

उक्त पदमार्ग चतरा खुवालुङदेखि सुरु गरेर सगरमाथासम्म करिब २३ दिन लाग्ने राईले जनाएका छन् । ग्रेटर मुन्दुम ट्रेल विकासका लागि चतरादेखि सालपा सिलिचुङसम्मको स्वीस सरकारले लगानी गरिरहेको राईले बताएका छन् । अपर ग्रेटर मुन्दुम ट्रेलका लागि समेत स्वीस सरकारलाई अनुरोध गर्ने राईले बताए ।

Mundum Trail now 'Greater Mundum Trail'

Mundum Trail now 'Greater Mundum Trail'

Mundum Trail now 'Greater Mundum Trail'

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully