सूनको मूल्य तोलामा ३ सयले घट्यो

वैशाख २८, २०८२

कान्तिपुर संवाददाता

The price of gold decreased by 300 per tola

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । 

गत शुक्रबारको तुलनामा आज तोलामा ३ सय रुपैयाँले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला १० ले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ५ सय कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९ सय ७० मा बेचबिखन भइरहेको छ । 

शुक्रबार प्रतितोला सुन एक लाख ९० हजार ८ सय र त्यति नै परिमाणको चाँदी एक हजार ९ सय ६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully