जेठभित्र ५ प्रतिशत धरौटी तिरेर पुनरावेदनमा आउन प्राधिकरणको सूचना

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

Authority's notice to appeal by paying 5% bond within May

काठमाडौँ — डेडिकेटेड फिडर तथा ट्रक लाइनका महसुल बक्यौता रहेका उद्योगीहरुलाई नेपाल विद्युत् प्राधिकरणले आगामी जेठ मसान्तभित्र बक्यौताको ५ प्रतिशत नगद वा एक वर्षको म्याद रहने गरी जारी भएको बैंक ग्यारेन्टी धरौटी जम्मा गरी पुनरावेदनमा आउन आग्रह गरेको छ ।

प्राधिकरणले शुक्रबार  सार्वजनिक सूचना जारी गर्दै पुनरावेदनका लागि निवेदन दिने म्याद एक महिना तोकेको हो । 

वैशाख २१ गते बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठकले एक महिनाभित्र पुनरावदेनमा आउनका लागि उद्योगीहरुलाई सूचना जारी गर्ने निर्णय गरेको थियो । यसअघि ०८१ चैत २९ गते बसेको बोर्ड बैठकले २५ प्रतिशत धरौटी रकमलाई ५ प्रतिशतमा पुर्‍याउने निर्णय गरेको थियो । तर हालसम्म कुनै उद्योगी पुनरावेदनका लागि प्राधिकरणको गएका थिएनन् । 

Authority's notice to appeal by paying 5% bond within May

‘डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट २०७२  माघदेखि २०७५ वैशाखसम्म विद्युत् उपभोग गरी विद्युत् महसुल बक्यौता रहेका ग्राहकहरूले २०८२ जेठमसान्तभित्र प्राधिकरणको विद्युत वितरण विनियमावली, २०७८ को विनियम ५५ को उपविनियम (२) बमोजिम बिल रकमको ५ प्रतिशत बराबरको रकम नगद वा सो बराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटी बापत जम्मा गरी ऐन विनियमावलीको विनियम ५५ को उपविनियम (१) बमोजिम प्रशासकीय पुनरावेदनका लागि निवेदन दिनसक्ने म्याद कायम गरिएको,’ प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ । 

कान्तिपुर संवाददाता

Link copied successfully