सुनको मूल्य तोलामा ६ सयले बढ्यो

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

The price of gold increased by 600 per tola

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९५५ रुपैयाँमा बेचबिखन भइरहेको छ । 

बुधबार प्रतितोला सुन एक लाख ९१ हजार ६ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully