बिमाप्रति विश्वसनीयता बढ्ने गरी काम गर्न प्राधिकरणको निर्देशन

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

Authority's direction to work towards increasing credibility towards insurance

काठमाडौँ — बिमाप्रति विश्वासनीयता बढ्ने गरी जिम्मेवार पूर्वक काम गर्न बिमा प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरण मधेश प्रदेश कार्यालयको आयोजनामा वीरगञ्जमा बिमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूसँग भएको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष सरद ओझाले जिम्मेवारीपूर्वक काम गर्न बिमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।

अध्यक्ष ओझाले बिमा कम्पनीहरूको जोखिमाङ्कन सही भएमा दाबी भुक्तानीमा समस्या नआउने बताए । जोखिमाङ्कन सही रुपमा गर्न र बजारमा कुनै पनि समस्या नआउने गरी बिमा ऐन नियम बमोजिम काम गर्न उनले निर्देशन दिएका हुन् ।

प्रदेश तथा स्थानीय स्तरमा बिमासम्बन्धी कुनै समस्या वा गुनासा भए प्राधिकरणलाई जानकारी दिन पनि उनले आग्रह गरे । कार्यक्रममा बिमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूले प्रदेश कार्यालयमा पर्याप्त अधिकार नभएको र जनशक्तिसमेत न्यून रहेको बताइएको छ ।

यसकारण कृषि बिमाको सिफारिश लिन र क्षतिको निरिक्षण गर्न कठिनाइ हुने गरेको, क्यासब्याकमा चलखेल हुने गरेको, अस्वस्थ प्रतिस्पर्धा हुने गरेको, बिमासम्बन्धी जनचेतना बढ्न नसकेको र दाबी प्रक्रियालाई सरल बनाउन पनि प्राधिकरणले भनेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully