३.४४ अंकले घट्यो नेप्से, साढे ९ अर्ब रुपैयाँको कारोबार

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

NEPSE decreased by 3.44 points, turnover of 9.5 billion rupees

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३.४४ अंकले घटेको छ । समग्र नेप्से शून्य दशमलव १३ प्रतिशतले घटेर २ हजार ६२०.३९ विन्दुमा ओर्लिएको छ । 

कुल ११७ कम्पनीको सेयर मूल्य बढ्यो भने १२८ कम्पनीको मूल्य घट्यो । साताको पहिलो दिन आइतबार ८१ हजार ९८५ पटकको किनबेचबाट ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आज २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर किनबेच भए । 

बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमाबाहेक सबै उपसमूहरु घट्यो । घट्ने उपसमूहहरूमा व्यापार, जीवन बिमा, फाइनान्स अघि रह्यो । 

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फार्मासिटिकल्स्को सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लाग्यो । 

कान्तिपुर संवाददाता

Link copied successfully