पेट्रोलियम पदार्थको मूल्य घट्यो

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

The price of petroleum products fell

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी साविकको मूल्यमा पेट्रोल लिटरमा २ रुपैयाँ, डिजेल/मट्टितेलमा १ र हवाई ईन्धनमा ४ रुपैयाँ मूल्य घटाइएको हो । 

इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । 

अब पेट्रोल प्रतिलिटर १५८ र डिजेल/मट्टितेल लिटरको १४५ रुपैयाँ उपभोक्ताले निर्नु पर्नेछ । 

खाना पकाउने ग्यासको प्रतिसिलिन्डर १५ रुपैयाँ ७० पैसा घटेर आए पनि निगमले यहाँ यथावत राखेको छ । 

The price of petroleum products fell

कान्तिपुर संवाददाता

Link copied successfully